१३ बैशाख २०८१, बिहीबार

नेपालकी अभिलाषा र जर्मनीकी सोन्जा पहिलो

Abhilasa and sonja

विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्सतर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी पहिलो भएको छ ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज भएको खेलमा विष्ट र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ अङ्कले पराजित गरेको हो । नेपाल टेनिस सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको पुरुष डबल्सतर्फ भने फाइनलमा नेपाली खेलाडीले पराजय भोग्नुप¥यो । भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहको जोडीले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २–६, ६–२ र १०–६ अङ्कले पराजित गर्नुभयो ।

यस्तै पुरुष एकलतर्फको खेलमा भारतकै अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा प्रवेश गर्नुभएको छ । दहियाले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६–१ र ६–१ अङ्कले तथा पेरेजले भारतका अग्रिया यादवलाई ६–४ र ६–२ अङ्कले हराउँदै फाइनलमा स्थान बनाउनुभएको हो । महिला एकलतर्फ बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्ले पनि फाइनलमा प्रवेश गर्नुभएको आयोजक सङ्घले जनाएको छ । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २–६, ६–१ र ६–३ अङ्कले तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७–५ र ६–४ अङ्कले पराजित गर्नुभयो । फाइनल खेल शनिबार हुनेछ ।

    सम्बन्धित समाचार...