१५ चैत्र २०८०, बिहीबार

रूसी खोप ‘मानिस जातिको लागि शुभ समाचार’ : ईयू नेता बोरेल

Borrell P041456 887567

युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले शुक्रबार रूसको स्पुतनिक–भी नामक कोरोनाभाइरसविरुद्धको खोप महामारीबीचमा ‘मानव जातिका लागि शुभ समाचार’ भएको बताउनुभएको छ ।

उहाँले रूसले विकास गरेको उक्त खोपको सफलताको प्रशंसा गर्दै यसलाई यूरोपेली समूह राष्ट्रहरूमा प्रयोगका लागि अनुमति मिल्नसक्ने सङ्केत गर्नुभएको छ ।

सन् २०१७ पछि पहिलो पटक रूस भ्रमणमा रहेका इयूका वरिष्ठ कुटनीतिज्ञ बोरेलले मस्कोमा रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग वार्तापछि उक्त धारणा राख्नुभएको हो ।

बोरेलले मस्कोमा वार्तापछि सञ्चारकर्मीसँग भन्नुभयो, “यो सम्पूर्ण मानवजातिका लागि खुशीको खबर हो । हामीसँग महामारीको बिरूद्ध लड्न अझ बढी साधनहरू छन् भन्ने पुष्टि भएको छ ।”

उहाँले स्पुत्नीक–भीलाई ‘यूरोपियन मेडिसिन एजेन्सी’ ले ईयु सदस्य देशहरूमा प्रयोग गर्नको लागि अनुमति दिने विश्वास व्यक्त गर्नुभयो ।

बोरेलले भन्नुभयो, “ईयूले खोपको अभावको सामना गरिरहेको अवस्थामा रूसमा विकसित स्पुत्नीक–भी महामारीविरूद्धको लडाईंमा अर्को स्वागत योग्य स्रोत हुनेछ ।”

प्रतिक्रियामा लाभरोभले भन्नुभयो, “रूस वासिङ्टन र मस्कोले खोपमा ‘सहकार्य गर्ने ठाउँ छ कि छैन’ भनेर हेरिरहेका थिए यसै वखत यूरोपका धेरै देशहरु आफ्नो क्षेत्रमा खोप उत्पादन गर्न इच्छुक देखिएका छन् । यो रूसका लागि खुशीको बिषय हो ।”

घरेलु हिसाबले उत्पादित स्पुतनिक भीलाई गत अगस्टदेखि रूसमा प्रयोगको लागि अनुमोदित गरिएको थियो । व्यापक क्लिनिकल परीक्षणहरू पहिल्यै खोपलाई द्रुत गतिको परीक्षणपछि प्रयोगमा ल्याइएको भन्दै प्रक्रियाबारे अमेरिका, यूरोपलगायतका विश्व समुदायबाट चिन्ता व्यक्त गरिएको थियो ।

व्यापक आलोचनाको बाबजुद खोपका विकासकर्ताहरूले भने खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दावी गर्दै रूसले आफ्ना नागरिकहरूलाई खोप लगाउन थालेको थियो ।

    सम्बन्धित समाचार...