fbpx
१८ फाल्गुन २०७७, मंगलवार

हड्तालमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको हड्तालमा उत्रिएका आठ जनालाई प्रहरीले काभ्रेपलाञ्चोकको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । प्रचण्ड–नेपाल पक्षका नेकपाले संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा हड्ताल घोषणा गरेको हो । सडकमा निस्किएका बन्दकर्ताले सडक अवरोध गर्न खोजेको कारण आठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

नेकपा काभ्रेपलाञ्चोकले आज विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको भन्दै बिना सर्त रिहा गर्न माग गरेका छन् । विभिन्न ठाउँमा प्रदर्शन गर्ने क्रममा अनिता गुरुङ लामा, ईश्वर बञ्जारा, सुमन लामा, जोग लामा, रघुनाथ सुवाल, वसन्त तामाङ, कुमार गौतम, निर लामा र रजिन थिङलाई प्रहरीले नियन्त्रणमा लिएको नेकपा काभ्रेले जनाएको छ । बन्दका कारण जिल्ला भएर सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी सधान प्रभावित भएको छ भने शैक्षिक संस्था, उद्योग, कलकारखाना, व्यापार तथा व्यवसाय प्रभावित भएका छन् ।

    सम्बन्धित समाचार...