१५ बैशाख २०८१, शनिबार

हड्तालको विरोधमा उत्रिए विद्यार्थी

धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको हड्तालको विरोध गरेका छन् । ‘विद्यालय खुला गर, शान्ति क्षेत्रमा अशान्ति फैलाउन पाइँदैन, विद्यार्थीले पढ्न पाउने मौलिक हक कायम गर’लगायत विभिन्न नारासहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

आम हड्तालले आफूहरुको पढाई प्रभावित भएको भन्दै विरोधमा उत्रिएको उनीहरुले बताएका छन् । क्याम्पसको गेटदेखि निकालेको विरोध ¥याली क्याम्पस रोड हुँदै क्याम्पस मुख्य चोकमा कोणसभामा परिणत भएको थियो ।

दाहाल–नेपाल पक्षले मुलुकभर गरेको बन्द आह्वानको आम हड्तालले बिहानैदेखि धनगढीका बजार, शैक्षिक संस्था, सार्वजनिक यातायात, विभिन्न सङ्घसंस्थालगायत बन्द रहेका छन् । उक्त पक्षका नेता कार्यकर्ताले बिहानैदेखि टायर बालेर प्रदर्शनसमेत गरेका छन् । छिटफुटरुपमा खुलेका पसलसमेत बन्द गराउँदै कार्यकर्ता सवारी साधन चलाउनमा रोक लगाइरहेका छन् ।

    सम्बन्धित समाचार...