१२ बैशाख २०८१, बुधबार

हड्तालमा उत्रिएका आठ पक्राउ

astalaxmi skahya pakrau
फाइल फोटो

नेपाल बन्द आह्वान गरेका नेकपा प्रचण्ड–नेपाल समूह बाराका आठ नेता पक्राउ परेका छन् । पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन भरतचोकमा जम्मा भई गाडी चल्न अवरोध गरेपछि तिनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नेकपाका कलैया उपमहानागरपालिका नगर अध्यक्ष जवाहिर अञ्सारी, सचिव मुकेश साह, बैजनाथ साह, राजेश पटेल, हरिओम साह, सन्दीप यादव, अरुण खनाल र महम्द अञ्सारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका ती सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    सम्बन्धित समाचार...