७ बैशाख २०८१, शुक्रबार

न्यु डायमन्ड राष्ट्रिय भलिबल प्रतियोगिता भोलिबाट

81717475 1051367845229520 1085549921752317952 n 885092150

न्यु डायमन्ड स्पोर्टस क्लबले राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । खेल यही पुस २३ देखि २६ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने छ ।

विगत दुई वर्षदेखि नियमित प्रतियोगिता सञ्चालन गर्दै आएको न्यु डायमन्डले तेस्रो संस्करणको मुख्य प्रायोजक होङ्ग्वान्जी बौद्ध समाज रहेको जनाइएको छ । प्रतियोगितामा विजेताले नगद ४ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनले ५१ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर ब्लकर, क्विकर, सेटर सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा ७ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा नेपाल एपीएफ क्लब, न्य डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, त्रिभुवन आर्मी क्लब, पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट २६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।