१५ बैशाख २०८१, शनिबार

विद्यालयमा अजिङ्गर फेला

python nepal
सांकेतिक तस्विर

सप्तरीको हनुमान नगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा बुधवार दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेको विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।

विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सब डिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।