
अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ । अधिकारीहरूका अनुसार सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ।
६ हजार घरहरु जलेर नष्ट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार अहिलेसम्म पचास करोडको हाराहारीमा पशुपंक्षी जलेर मरेका छन्।
दक्षिण पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणमा आउन अझैं महिनौ लाग्न सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री मोर्रिसनले जनाएका छन्।
यसरी विश्वलाई नै ध्यान खिच्ने गरी भएको यो आगलागी अमेजनको जङ्गलमा लागेको भन्दा धेरै क्षतिजनक भएको बताइएको छ।
आगलागीबाट जलेका जनावरहरुका विभत्स तस्वीरहरुले विश्वको नै ध्यान खिचेको छ भने चिन्तित पनि बनाएको छ। एजेन्सी
तस्बिरमा हेर्नुहोस् आगलागी