८ बैशाख २०८१, शनिबार

सुनको भाउ घट्यो

gold price nepal

लगातार बढेको सुनको भाउ आज घटेको छ। हिजो ७६ हजारमा कारोबार भएको सुन आज पाँच सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यत्सै चाँदीको भाउ पनि घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ।

केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए। मध्यपूर्वमा तनाव उत्पन्न भएपछि त्यसको असर नेपालमा पनि परेको महासंघको भनाइ छ।