२६ बैशाख २०८१, बुधबार

क्यान्सर पीडित प्रकाससिहं बाठाको उपचारमा सहयोग गर्न आग्रह

81416978 604100460425307 2815030198406217728 n

ब्लड क्यान्सरबाट पीडित तुल्सीपुरका एक युवाको उपचारका लागि सहयोग गरिदिन उनका बुवाले आग्रह गरेका छन् ।

तुल्सीपुर वडा –३का शेरबहादुर बाठाका १९ वर्षे छोरा प्रकास सिहं बाठाको ब्लड क्यान्सर भएपछि हाल काठमाडौँको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

तर रकम अभावमा उपचार गर्न कठिन भएको भन्दै बुवा बाठाले सहयोगका लागि आग्रह गरेका छन् । बाठाका अनुसार प्रकासलाई चिकित्सकहरुले पाँच वर्षसम्म नियमित औषधि सेवन गराउनुपर्ने र त्यसका लागि झण्डै ३० लाख रुपैयाँ खर्च लाग्ने जानकारी गराएका छन् ।

81257905 2264352920528947 9147755336562638848 n 81416978 604100460425307 2815030198406217728 n

बैदेशिक रोजगारीमा मजदुरी गदैगरेको र छोरा विरामी भए पछि घर फर्केको गुनासो सुाउदै उपचारमा हाल सम्म २० लाख रुपैयाँ खर्च गरिसकेको सुनाउछन् ।

उपचारकालागी आफूले हातमा लगाएको घडी समेत बेचेको बताउछन अहिले आफूसँग त्यति रकम नभएको भन्दै शेरबहादुरले सहयोगका लागि आग्रह गरेका हुन् । उनले छोराको उपचारमा सहयोग गर्न चाहने महानुभावलाई ९८१८९१००६७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । त्यस्तै छोराका नाममा रहेको बैंक खाता नम्बर पनि दिएका छन्
खाता नम्बर १०११०७०१३९८३३५०००००१ प्रभु बैंक (नयाँ बानेश्वर)