१४ बैशाख २०८१, शुक्रबार

बनेपा–काभ्रेपलाञ्चोकका आठ मतदान स्थल सारिने, दशको नाम मात्रै परवर्तन

voting nepal election
फाइल फोटो

बनेपा–काभ्रेपलाञ्चोकका विभिन्न ठाउँका आठ मतदानस्थल सारिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताका लागि पायक नपरेको र कतै भूकम्पले भत्काएर साँघुरो ठाउँ भएका कारण फराकिलो स्थानमा सार्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले बताउनुभयो ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले बैठकको बैठकबाट सो स्थलहरु सार्नका लागि आयोगमा सिफारिस गरिएको उहाँले बताउनुभयो । सार्नुपर्ने मतदान स्थलहरुमा खानीखोला गाउँपालिकाको हनुमान शक्ति आधारभूत विद्यालय जुरेबाट भृकुटी मावि, पनौती नगरपालिका–१२ कलाँती रोशी बजारबाट बालप्रकाश मावि भालेश्व, वडा नं ३ विहाबर मावि पाटीचौरबाट वडा नं ३ को कार्यालय नयाँ पुल, पाँचखाल नगरपालिका–२ पुरानो गाविस भवन अनैकोटबाट वडा कार्यालय भवनमा सार्न सिफारिस गरिएको छ ।

त्यस्तै बनेपा नगरपालिका–१ साबिक गाविस भवनको नयाँ वडा कार्यालय भवनमा, वडा नं ११ सरस्वती सामुदायिक महिला भवन पाकुटोलको ए.भी.एम विद्यालयमा, वडा नं १२ गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालयको भवन देउरालीमा र रोशी गाउँपालिका–३ साबिक गाविस भवन शिखरबाट देवी मावि शिखरमा सार्न सिफारिस भएको कार्यालयले जनाएको छ ।

निर्वाचनमा अन्य दशवटा स्थानको भने नाम मात्रै परवर्तन गरिने भएको निर्वाचन अधिकारी राईले बताउनुभयो । जिल्लामा १८९ मतदानस्थल र ३५० मतदान केन्द्रबाट दुई लाख ८२ हजार ५५५ सहभागी हुने अनुमान कार्यालयले लगाएको छ ।