१५ चैत्र २०८०, बिहीबार

मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक

maxresdefault 4

पछिल्लो समयकी चर्चित तथा व्यस्त गायिका मेलीना राईको स्वरमा सजिएको ‘धड्किरहन्छ मुटुभरी’ बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ ।

गीतमा साहित्यकार कवि एबम नेपाल सरकारका पूर्व सचिव दिपेन्द्रनाथ शर्माको शब्द, कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

मर्मस्पर्शी शैलीको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । भिडियो छांयाकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।

भिडियोमा जातिय माया प्रेम दर्शाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ ।

एक अर्काले आफ्नो माया पाउन संघर्ष गरेर आफ्नो छुटै संसार बनाएको कथालाई गीतको भिडियोले समेटेको छ ।

नेपाली समाजमा अन्तरजातिय प्रेम सम्बन्ध र विवाहलाई स्वीकार्न नसकिरहेको बेला गीत मार्फत जातिय विभेदलाई अन्त्य गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाई संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।