१४ बैशाख २०८१, शुक्रबार

ललाइफकाई भारततर्फ लागिएकी सात वर्षीया बालिकालाई उद्धार

download 13

ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन् ।