१४ बैशाख २०८१, शुक्रबार

गायक तथा संगीतकार कन्काईष्टले ल्याए नेपालमै पहिलोटक थ्रि.डि. भर्सन ‘फिदा छु तिम्रो रुपको’

Kankaist rai 768x411 1

गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।

अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
यस गीतको लिरिकल भिडियोलाइ थ्रि. डि नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । र सार्वजनिक भिडियोको विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ ।

नेपाली गीत संगीतमा थ्रि. डि. एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलोपटक अडियालाइ थ्रि डि मिश्रणहरुको प्रयोग गरिएको हो । यस्तो गीतलाइ एयरफोनको माध्यमबाट सुन्दा निक्कै आनन्द आउने टिमले बताएका छन ।

दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सकृय रहेका गाएक तथा संगीतकार कन्काइष्ट राईले तिम्ले माया लाउदा ,मुटुभित्र देउन मलाइ बाँस , अरुकै सिन्दुरले सजिए पनि , काठमाडौको मायै महंगो लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन ।
साथै उनको राजधानिको नक्सालस्थित भर्जिन रेकर्डिङ स्टुडियो सन्चालनमा रहेको छ ।

सार्वजनिक यस गीतको पनि चाडै भिडियो निर्माण गरिने र यस गीतले पनि दर्शक श्रोताको मन जित्ने राईको बिश्वाससमेत रहेको छ ।

यो दिल चोरेर ………???

Enjoy the 3D experience with headphones!??

Posted by 3D Nepali Music Lab on Wednesday, August 12, 2020