४ बैशाख २०८१, मंगलवार

निर्वाचन आयोगको निर्णय प्रति आफ्नो समूह असन्तुष्ट : पुन

निर्वाचन आयोगको निर्णय प्रति आफ्नो समूह असन्तुष्ट : पुन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णय प्रति पार्टीको आधिकारिक धारणा आन्तरिक छलफल पछि मात्रै आउने बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोगको निर्णयप्रति भने आफ्नो समूह सन्तुष्ट नभएको उल्लेख गर्दै अब अदालत जाने कि आयोगमा जाने भन्नेमा पार्टीले सबै कागजी प्रमाण हेरेर निर्णय गर्ने स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्री पुनले संसद् पुन:स्थापनाको विकल्प नभएको प्रस्ट पार्दै त्यो नै वर्तमान राजनीतिक निकासको बाटो भएको जिकिर गर्नुभयो । उहाँले वतर्मान ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई विद्युतको सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिनुभयो ।