१४ बैशाख २०८१, शुक्रबार

अचानक आकाशबाट लाशहरुको वर्षा हुन थाल्यो

dead1 5591628 m

विश्वमा बिभिन्न अनौठा-अनौठा घटनाहरु घट्ने गर्छन् । जुन घटना हामीलाई विश्वास गर्नै गाह्रो पर्छ । यस्तै एउटा अनौठो घटना आजभन्दा ३० वर्ष पहिले स्कटल्याण्डमा भएको थियो ।

स्कटल्याण्डमा आकाशबाट लाशको वर्षा भएको थियो । हामीले आकाशबाट पानीको मात्र वर्षा भएको देखेका होलाउँ । तर स्कटल्याण्डमा किसानहरुले एकैपटक यति धेरै लाशहरुको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए ।

स्कटल्याण्डको भूमिमा लाशको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए । तर यो घटना एक ठूलो प्लेन दुर्घटनाका कारण घटेको थियो । पेन एम १०३ नामक प्लेन दुर्घटना भएको थियो ।

यो प्लेन जर्मनीको फ्रेन्कफर्टबाट लण्डनतर्फ जाँदै थियो । तर गन्तव्यमा पुग्नु अगावै प्लेन स्कटल्याण्डको आकाशमा दुर्घटना ग्रस्त भएको थियो । उडिरहेको प्लेनमा एक्कासी ब्लास्ट भयो र यात्रुहरुको लाश जमिनमा झर्न थाल्यो । तर केहि मानिसहरु भने जिउँदै जमिनमा खसेका थिए । तर जिउँदै झरेकाहरुको पनि उपचारका क्रममा मृत्यु भयो । यस प्लेन दुर्घटनामा परेर २४३ जना यात्रु र ११ जना चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

विमान दुर्घटनाबारे अनुसन्धानका क्रममा यो आतंककारी हमला भएको पुष्टि भएको थियो । स्थानीय एक किसान केट एन्डर्सनका अनुसार उनले मानिसहरु आकाशबाट वर्षा झैँ झरिरहेको देखेका थिए ।

उनको खेतमा मात्र ९८ वटा लाशहरु झरेका थिए । आज पनि यो घटना सम्झिएर मानिसहरु डराउने गर्छन् । एजेन्सी