६ बैशाख २०८१, बिहीबार

१९१ यात्रु बोकेको एअर इन्डियाको विमान केरलामा दुर्घटना, विमान दुई टुक्रा

air india express kerala crash

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

दुबईबाट आएको एयर इन्डियाको विमान केरलस्थित कोझिकोड विमानस्थलमा अवतरणका क्रममा उछिट्टिएको थियो।

kerala plane crash airindia

दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको छ । उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ ।

विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८५ यात्रु र ६ चालक दलका सदस्य रहेको जनाइएको छ ।

पाइलट सहित कम्तीमा दुई जनाको ज्यान गएको बताइएको छ तर यकिन विवरण आउन बाँकी छ । स्थानीय समयानुसार साँझ दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो। सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।