११ बैशाख २०८१, मंगलवार

अभिनेत्री ऋचा शर्मालाई मातृशोक

81641117 505252123443236 2696277436458336256 n2020 01 04 04 03 41

नेपाली फिल्म जगतकी चर्चीत अभिनेत्री नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको निधन भएको छ । ६७ बर्षको उमेरमा रिनादेवीको निधन भएको हो । उनको गएराती निधन भएको हो ।

नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी थिइन् ।

केही समय अगाडि नायिका शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बसेको बताएकी थिइन् ।