६ बैशाख २०८१, बिहीबार

बिश्वकाे सर्बाधिक कमाउने कलाकारमा ड्वेन “द रक” पहिलाे स्थानमा अक्षयकुमार छैठाै

rich celebrity

बिश्वको सर्बाधिक कमाउने अभिनेताको सुचिमा ड्वेन “द रक” पहिलो स्थानमा, अक्षयकुमार छैठौ ।

२०२० को लागि बिश्वचर्चित पत्रिका फोर्ब्सले विश्वमा सबैभन्दा बढी कमाउने अभिनेताहरुको सूची जारी गरेको छ । जसमा लगातार दोस्रो वर्ष ड्वेन ‘द रक’ जोन्स पहिलो स्थानमा रहेका छन ।

सन् २०१९ को जुन १ देखि सन् २०२० को जुन १ सम्मको अवधिमा ८७.५ मिलियन अमेरिकी डलर कमाइसहित उनी सूचिको पहिलो नम्बरमा परेका हुन । यसमा नेटफ्लिक्सको थ्रिलर सिनेमा रेड नोटिसका लागि लिएको २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक समावेश रहेको छ ।

जोन्सपछि सर्वाधिक धेरै कमाउने अभिनेताको सूचिमा रेड नोटिसमा उनीसँगै काम गरेका रायन रेनल्ड्स छन । उनले ७१.५ मिलियन अमेरिकी डलर कमाएका छन्।

यस्तै सूचिको तेश्रो स्थानमा अभिनेता तथा निर्माता मार्क वाहबर्ग छन् । उनको कमाइ ५८ मिलियन डलर रहेको छ। यस्तै चौथो नम्बरका बेन एफ्लेको ५५ मिलियन डलर र पाचौ नम्बरमा रहेको भिन डिजेलको ५४ मिलियन डलर कमाइ रहेको छ ।

त्यसैगरि बलिउड अभिनेता अक्षय कुमारले छैठौ स्थानमा बाजी मारेका छन । उनको ४८.५ मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले जनाएको छ। अक्षयले बढिजसो बिज्ञापन खेलेर कमाएका हुन ।

यस्तै फोर्ब्सले सार्वजनिक गरेको अन्य अभिनेताहरुको सुचिमा लिन मानुयल मिराण्डा ४५.५ मिलियन डलर कमाइ सहित सातौ स्थानमा, ४५.५ नै कमाइसहित बिल स्मिथ आठौ स्थानमा, एडम साण्डलर ४१ मिलियन डलर कमाइका साथ नवौ स्थानमा र ४० मिलियन डलर कमाइसहित ज्याकि च्यान दशौ स्थानमा रहेका छन ।