१४ बैशाख २०८१, शुक्रबार

प्रहरीको नाम लिएर ठग्ने पत्रकार पक्राउ

shankar adhikari cib arressted

प्रहरीको नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक व्यवसायीसँग प्रहरीको नाममा धम्की दिदै पैसा असुल्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले धादिङ निलकण्ठ नगरपालिका वडा १४ घर भई हाल काठमाडौं तारकेस्वर– ११ नेपालटार बस्ने ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनी आलोचना साप्ताहिकका पत्रकारसमेत भएको खुलेको छ। नेपाल घटनासँग कुरा गर्दै आलोचना साप्ताहिकका सम्पादकले भने “उनी हामीसँग तीन चार वर्ष देखी काम गर्दै आएका हुन्, हाम्रो लागी उनले समाचारका साथ साथै केहि विज्ञापन पनि ल्याएका हुन ।”

आलोचना साप्ताहिक पत्रिकामा आवद्ध रहेका पत्रकार अधिकारीले प्रहरीको नाम गरी एक व्यवासायीसँग ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

अधिकारीले ‘एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि पत्राचार भएको छ मुद्दा हेर्ने अधिकृतलाई ५ लाख रुपैया दिएमा मुद्दा रद्द बनाउने भनी रकम असुल्न खोजेका थिए। रकम नदिए कुनै पनि समयमा प्रहरीले पक्राउ गर्ने भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ।

सिआइबीले पक्राउ गर्ने तयारी गरेको छ’ भन्दै डर त्रास दिएर पैसा लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

अधिकारीलाई आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त महाराजगंजमा पठाएको जनाएको छ।

cib police