१४ बैशाख २०८१, शुक्रबार

९८ संक्रमित आइसियुमा उपचाररत, संक्रमित संख्या २६ हजार पुग्यो

corona test

नेपालमा आज (शनिबार) ११,०४७ पिसिआर टेस्ट भएकोमा थप ५९४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ८,१९३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ०१९ पुगेको छ । हाल क्वारेन्टाइनमा १४,४४८ जना रहेका छन । पछिल्लो २४ घण्टामा १२४ जना र आज सम्म १७, २०१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर उपत्यकामा ९८ जना संक्रमित थपिएका छन | त्यसैगरी हालसम्म ९८ जना संक्रमित आईसियुमा र ४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

त्यस्तै हालसम्म मृतक १०२ जनामा काेराेना पुष्टि भएकाे छ।