७ बैशाख २०८१, शुक्रबार

सरुवा भएर खोटाङ पुगेका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी

nepal police covid
सांकेतिक तस्विर

खाेटाङमा प्रहरीका ६ जवानमा कनेराेना पाेजेटिभ पाइएकाे छ । प्रहरीको विराटनगर गणबाट खोटाङ जिल्लामा सरुवा भएर आएका ११ जनामध्ये ६ जना प्रहरीमा संक्रमण भएको पुष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।

विराटनगरबाट उनीहरु खोटाङका लागि साउन २३ गते सरुवा भएर आएका थिए । आएलगत्तै उनीहरुलाई जिल्ला प्रहरी कार्यालयकै क्वारेन्टिनमा राखिएको थियाे । उनीहरुको साउन २७ गते स्वाव संकलन गरि परीक्षणमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपि नारायण चिमोरियाले जानकारी दिए ।

अन्यत्रबाट आएका जवानलाई क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गरेर मात्र ड्यूटीमा खटाउने गरिएकाले अन्य जवानलाई संक्रमणको ‘रिस्क’ नभएको डिएसपी चिमोरियाले बताए ।

प्रहरिकाे ६ जवानमा कोरोना संक्रमण रहेको सूचना आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेकाे छ ।