१३ बैशाख २०८१, बिहीबार

बुटवलमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको निधन

117715121 961917527568992 1789271778455919992 o
फाइल फोटो

कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनको अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।

यसअघि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।