१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले देशले काँचुली फेरेको हो : मन्त्री ढकाल

Bhanubhakta Dhakal
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको बताउनुभएको छ ।

सार्वजानिक पुस्तकालयको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि १४ वर्ष बढी जेल जीवन व्यतित गर्नु भएका प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले देशले काँचुली फेरेको हो भन्नुभयो ।

सरकारले संसद् विघटन गरेर आम निर्वाचनमा जान बाध्यता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो ,“अब दलहरुले निर्वाचनमार्फत जनताको बीचमा जानुपर्छ । ” मन्त्री ढकालले पठन संस्कृतिको विकास गर्नु सार्वजनिक पुस्तकालयको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुभयो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष राम थापा, उद्योगी भोलेश्वर दुलाल लगायतले पठन सस्कृतिका लागि पुस्तालयको भूमिका अहं रहने बताउनुभयो ।

देश भरिका १५ वटा शाखाबाट करिब १०० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।