१३ बैशाख २०८१, बिहीबार

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा : महामन्त्री डा कोइराला

shashanka koirala
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गर्नुभयो ।

“तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भन्नुभयो, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उहाँले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।