२१ बैशाख २०८१, शुक्रबार

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा फरक दृष्य, कमाउन गएका १८ नेपाली मलेसियाबाट बाकसमा फर्किए (फोटोफिचर)

RoS Ktm IMG 38304 scaled

रोजगारीका क्रममा ज्यान गुमाएका १८ जना नेपाली युवाको शव एकैपटक नेपाल ल्याइएको छ।

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा शनिवार दिउसो केही फरक दृष्य देखियो । प्राय विदेशवाट आउदै गरेका आफन्तको स्वागतको स्वागत र जाँदै गरेकाहरुलाई विदाई गर्न जम्मा हुने ठाउँ हो त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली मध्ये ज्यान गुमाएर अलपत्र अवस्थामा परेको शवलाई नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत नेपाल ल्याइएको थियो ।

रोजगारीको सिलसिलामा मलेसियामा विभिन्‍न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक शवको अस्तुसहित १८ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ। 

शनिवार दिउसो विमानस्थलमा जम्मा भएका मध्ये धेरैको मुहारमा कुनै उत्साह थिएन । एकखालको छटपटी र पिडा थियो । कारण विभिन्न समयका कामका लागि मलेशिया पुगेका मध्ये १८ जनाको मृत शरीर ल्याइएको थियो ।

अझै ३८ शव बाँकी 

नेपाली कामदारको शव लिन निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो। वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ। मलेसियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो। 

नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ। ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ। विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए। 

‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुख दुःखमा साथमा हुनुपर्छ र छौं’, उनले भने, ‘यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ।’

महिनौँदेखि अलपत्र नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ। निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

RoS Ktm IMG 38304
malaysia foreign employment nepali15
RoS KtM IMG 3693
RoS Ktm IMG 38303
RoS Ktm IMG 38301
inbound7005793236669595491 20210123161446
dead body kathmandu malesiya 5 1JLc4ojFIX
airport sub 6