१३ बैशाख २०८१, बिहीबार

सरकारले सडक पुगेको भनेर घोषणा गरेपनि, तुईनमा राखेर पहिलो पटक सरकारी गाडी तारिँदै

tuin

डोल्पामा पहिलो पटक ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जिप) भित्रिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले २७ लाखमा खरिद गरेर उक्त गाडी जिल्ला पुर्याएको हो ।

सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जीनियर योगेन्द्र धरालाले जानकारी दिए । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुईलाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए ।

tuin 1

अघिल्लो मंसिरमा औपचारिक रुपमा घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ । जाजरकोटदेखि डोल्पाको दुनैसम्म आउन गाडिमा कम्तीमा पनि ५ ठाउँमा पल्टी गर्नु पर्ने बाध्यता रहेको याात्रुहरु बताउछन् ।

डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफनै गाडि ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् । डोल्पाका सरकारी कार्यालयका मोटरसाइक भने अहिले पनि नेपालगञ्ज सुर्खेतमा चलि रहेको पाइन्छ । तर भौतिक पूर्वाधार विकास कार्यालयले विभिन्न दुखका साथ गाडी डोल्पामा पुर्याएपछि अन्य सरकारी कार्यालयलाई समेत बाध्यता आएको छ ।

सरकारले डोल्पामा सडक पुगेको भनेर घोषणा गरेपनि सहरबाट सिधा यात्रा भने गर्न कठिन रहेको छ ।