
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन विरुद्ध पार्टीले छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गर्नुभएको छ ।
उहाँले आज विज्ञप्ति मार्फत बिहीबार वडा स्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गर्नुभएको हो ।
विघटनको कदम विरुद्ध काँग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।