१६ चैत्र २०८०, शुक्रबार

राम नरेश गिरीको आक्रमक बलिङको अगाडी सुदुर पश्चिम निरिह

sudur paschim cricket

बाग्मती प्रदेशका बलर राम नरेश गिरिको सामु सुदुर पश्चिमका प्रथम तीन खेलाडीहरु टिक्न सकेनन । पहिलो ओभरमानै गिरीले तीन विकेट लिएर सुदुर पश्चिमलाई निकै दवाबमा राखे ।

खेलको दोस्रो ओभरमा सुदुर पश्चिमले चौथो विकेट गुमायो । दुइ ओभरको समाप्तीमा ४ विकेट गुमाएर सुदुर पश्चिमले जम्मा तीन रन बनाएको थियो ।

bagmati province bowling

गिरीले आफ्नो दोश्रो ओभरमा पनि एक विकेट लिएर आफ्नो नाममा ४ विकेट पारेका छन । सुदुर पश्चिमका प्रथम चार ब्याट्सम्यानहरु सबै शुन्यमा आउट भएका छन् ।

अहिले अर्जुन साउद र किरण ठगुन्ना सुदुर पश्चिमका लागी ब्याटिङ गर्दै छन । अर्जुन साउदले एक छक्का प्रहार गर्दै सुदुर पश्चिमका ब्याटिङ लयलाई सम्हाल्ने प्रायस गरेका छन ।