१२ बैशाख २०८१, बुधबार

दैलेखमा रोटा भाइरस बिरुद्धको खोप लगाइदै

dailekh rota vaccination

दैलेख । स्वास्थ्य सेवा कार्यालय दैलेखले दैलेख जिल्ला भित्रका करीब छ हजार बालबालिकालाई रोटा भाइरस बिरुद्धको खोप लगाउने भएको छ । निमोनियाबाट जोगाउन जन्मेको ६ देखि १० हप्ता उमेर समूहका बालबालिकालाई दुई पटक खोपा खुवाउने योजना बनाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए ।

बीसीजी, डीपीडी, पोलियो, दादुरा लगाए जसरी तेह्रौ खोपको रुपमा खुवाइने रोटा भाइरस बिरुद्धको औषधि जिल्लाका २ सय ५२ वटा नियमित खोप केन्द्रमा पठाई सकिएको छ । यो खोप प्रत्येक पटक डेढ मिलिलिटरीका दरले दिइन्छ । जिल्लाका ११ वटै स्थानीय तहका ७ हजार बालबालिकालाई नियमित खोप केन्द्रमा दिइने रोटा भाइरस बिरुद्धको खोप लगाउने विधि र यसको फाईदा विषयमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा । निरञ्जन पन्तले जानकारी दिएका छन् ।

रोटा भाइरस बिरुद्धको खोप र कोरोना संक्रमणको त्रासले प्रभावित भएको नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जिल्लाका ११ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई दुई चरणमा तालिम दिइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाइएको छ ।

खोपको ढुवानी तथा भण्डारण र खोप कार्यक्रम सञ्चालनको योजना गराउन पहिलो चरणमा पुस २६ गतेदेखि २८ गतेसम्म नारायण नगरपालिका, भगवतीमाई, नौमूले, महाबु र गुराँस गाउँपालिका माघ १ देखि ३ गतेसम्म दोश्रो चरणमा चामुण्डाबिन्द्रासैनी, डुङ्गेश्वर, आठबीस, दुल्लू नगरपालिका, भैरवी गाउँपालिकाका स्वास्थ्य प्रमुखहरु सहभागी भएका थिए ।

पहाडी भूभाग भए पनि सबै ठाउँमा यातायात पहुँच पुगेको, सामाजिक चेतनाको स्तर पनि सकारात्मक रहेको र सेवा प्रवाहमा स्वास्थ्य संस्थाहरुको पहल पनि रामै रहेकोले दैलेखमा खोप कार्यक्रम प्रभावकारी रहने तालिमका सहभागिहरुको धारण छ ।

अब खोपहरु नियमित

अघिल्लो वर्ष चैतको ११ गतेदेखि चार महिना लामो लकडाउन भए पछिको निशेषधाज्ञाले दैलेखमा नियमित खोपको प्रगतिमा करिव ३० प्रतिशत कमी आएको खोप अधिकृत रेग्मीले जानकारी दिए । बालिबालिका लगाउनुपर्ने सबै खोप लगाउन पूर्ण खोप कार्यक्रम पनि भएको यस पटक तीन दिनको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार कोरोनाका कारण रोकिएको खोप कार्यक्रम कोरोनाको जोखिम घट्दै घएपछि अब दैलेखमा स्वास्थ्य संस्थाबाट दिइने जुनसुकै खोपहरु सुचारु भइसकेकोले खोप कार्यक्रम नियमित गर्न सकिने भएको छ ।

कोरोना भाइरसको कारण देश लकडाउन भएको र त्यसको असर स्वास्थ्यमा परेकोले चैत्र ११ गते देखि खोप दिन नसकिएको र अब दैलेखमा बालबालिकालाई दिइने सबै खोपहरु नियमित दिन लागिएको हो ।

बच्चा जन्मे देखि १५ महिना सम्म भिभिन्न विभिन्न ७ पटक निशुल्क खोप लगाउन सकिने गरी नेपाल सरकारले नियमित खोप सञ्चालन गर्दै आएको थियो । कोरोनाले रोकिएको सबै खोपहरु अब संचालनमा आएकोले बालबालिकालाई सबै खोपहरु पूरा गरिएपछि मात्र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिरोधात्मक क्षमता बढ्ने चिकित्सकहरुको भनाई छ । पहिलोमा खोप छुटेको भए दोश्रो पटक थप्न पनि सकिन्छ तर निर्धारिता समयमा खोप छुटे स्वास्थ्यमा प्रतिकुलता आउने भएकोले खोपको मात्र पूरा गर्नुपर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखकी डा. जीना सापकोटाको सुझाव छ ।