१४ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल चोरी गर्ने, एप्पलको ल्यापटप, मोबाइल र आइप्याडसहित गिरोह सार्वजनिक

po

विगत केही समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेका गिरोह पत्ता लागेको छ । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

bike

चोरीमा करिब नौँ जना व्यक्तिहरु संलग्न रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी गर्ने आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले नौँ जनालाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेका हुन् ।

यस्तै नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो ।

money mack iphone

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाको नाम, ठेगाना खुलाएको छैन । पक्राउ परेकासँग प्रहरीले रु ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, रु १५ लाख ७७ हजार नगद, रु पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको छ ।

 

    सम्बन्धित समाचार...