७ बैशाख २०८१, शुक्रबार

नेम्वाङलाई सभामुख बनाउन प्रचण्ड सहमत

Subash Nembang

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ फेरि सभामुख बन्ने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल नेम्वाङलाई नै सभामुख बनाउन सहमत भएको स्रोतको दाबी छ ।

नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई सभामुखको उम्मेदवार बनाउन ओली र दाहाल सहमत भएसँगै उनी भावी सभामुख बन्ने निश्चितप्रायः भएको हो ।

यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुषालमध्ये एकलाई बनाउन खोजेका थिए । तर प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि उनले राजिनामा दिएपछि सभामुखको निर्वाचन गर्नुपरेको हो ।