१५ चैत्र २०८०, बिहीबार

विवाहको १९ वर्षपछि दुलही पुरुष भएको खुलेपछि

nSyAn3UMVsyigtctzuXT

पति र पत्नीको सम्बन्धमा केही विषय पनि लुक्दैन । एक व्यक्तिले विवाह गरेको १९ वर्षसम्म आफ्नी पत्नी सम्झिरहेको थिए । तर, उनी त पुरुष पो रहछन् ।

यो घटना बेल्जियमकोे हो । एक व्यक्ति सुन्दरी युवतीसंग सुन्दर जिन्दगी बिताउनको लागि विवाह गरे । तर, उनलाई धोका भयो । ती नक्कली महिला इन्डोनेशियाकी हुन । ती महिलाले लिंग परिवर्तन गरेका कारण उनी झुक्किएका थिए ।

उनले आफुनी श्रीमती प्रति अलिकति पनि शंका गर्नसकेका थिएनन् । यी नक्कली महिलाले काम पाएपछि उनको स्वाभाव एकाएक परिवतन भएको थियो । त्यसपछि पुरुषको साथ पार्टीमा अल्कोहल पिउन शुरु गरेको देखेर उनका पति सशंकित भएका थिए ।

पतिलाई शंका लागेर सोधेपछि आफु पुरुष भएको स्वीकार गरेको थियो । केही वर्ष अगाडि लिंग परिवर्तन गरेको उनले बताएका थिए । उनका श्रमिान्ले अदालतमा विवाह रद्द गर्नको लागि आवेदन दिइसकेका छन् । एजेन्सी