१६ चैत्र २०८०, शुक्रबार

बेलायत देखी फ्रान्स सम्म समोसाको आकाशको यात्रा (भिडियो सहित)

samosa in space

मानिस जहिले नयाँपन पछी लागेको हुन्छ । यसलाई पछ््याउँदै अहिले सम्म मानिसहरुले पिज्जा र ल्यूक स्काई वाकरको लाइटसेबर सम्म अन्तरिक्षमा पठाइसकेका छन ।

यसै भिडमा जोडिन बेलायतको बाथमा रहेको भारतीय फास्ट फूड रेष्टुरेन्ट ‘चाई वाला’ का मालिक नीरज गधेरले अन्तरिक्षमा समोसा र र्‍याप पठाउन खोजे । शुरुवाती परिक्षणमा उनले आफैले एक स्पेसशिप बनाए र उक्त स्पेसशिपलाई हीलियम बेलुनको मद्दतबाट परिक्षण पुरा गरे । उनको अपत्यारिलो सेट-अपले काम गर्यो ।

त्यसपछी उनले उक्त स्पेसशिपलाई अन्तरिक्ष तर्फ उडाए । उनले उडाएको प्याकेज हावामा माथी उड्दै गयो, केही समयको लागि आकाशमा तैरियो र फ्रान्सको क्याक्स भन्ने स्थानमा गएर दुर्घटना पनि भयो ।

उनले उक्त प्याकेजलाई एउटा “गोप्रो” र “जिपिएस्” बाट सुसज्जित गरेका थिए । गोप्रो र जिपिएसको मद्दतले उनि प्याकेजको सही ठेगाना थाहा होस र उक्त प्याकेजको उडानको बिचमा भएको दृश्य कैद होस भन्ने चाहन्थे ।

दुर्घटना भएपनी उडानको समयमा खिचिएका दृश्यहरु निकै मनमोहक छन । दृश्यमा तल बादल र सूर्य ठीक अगाडि देखिन्छ जुन निकै मनमोहक छ ।

फ्रान्सका एक व्यक्ति अलेक्स म्याथोनले उनको गोप्रो र जिपिएस ट्र्याकर सहितको प्याकेजको अंशहरू भेट्टाएपछी खबर गरेका थिए । त्यतीन्जेल सम्म पनि ती उपकरणहरु काम गरिनै रहेका थिए ।