१४ बैशाख २०८१, शुक्रबार

जितकुण्डोको तालिम शुरु

game 8

नेपाल जितकुण्डो मार्सल आर्ट्स सङ्घको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा उक्त तालिमको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा चार प्रदेशका १२ जिल्लाका ३५ जनाको सहभागिता रहेको आयोजक सङ्घले जनाएको छ ।

सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिइरहनुभएको छ । तालिममा सहभागीलाई जितकुण्डोका परिवर्तित नियमलगायत विषयमा जानकारी दिइने प्रमुख प्रशिक्षक थापाले बताउनुभयो ।

    सम्बन्धित समाचार...