१४ बैशाख २०८१, शुक्रबार

अभिनेता वरुण र नताशाको यही महिनामा विवाह हुँदै, वैवाहिक पार्टी ५ दिनसम्म चल्ने

varun dhawan alia bhatt natasha dalal

बलिउड अभिनेता वरुण धवनको विवाह हुँदैछ। धवन र उनकी प्रेमिका नताशा दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन्। कोरोना भाइरस संक्रमणको जोखिमबीच सीमित पाहुनाको उपस्थितिबिच विवाह समारोह हुँदैछ।

उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ ।

तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ। करिव ४० देखि ५० जनामात्र बोलाइने जनाइएको छ। सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना दिइनेछ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ । वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो ।

यद्यपी, अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् । उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । दुुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुुई दिनअघिदेखि नै पार्टी सुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।

यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी ‘कुली नम्बर वान’ को रिमेकमा देखिएका थिए । अब उनी ‘जुग जुग जियो’ नामक फिल्ममा देखिदैंछन् । यस फिल्ममा उनीसँगै नीतू कपूर र अनिल कपूर पनि देखिनेछन् ।

बलिउडकर्मीका लागि भोज केही महिनापछि राखिनेछ। स्रोतलाई उल्लेख गर्दै लेखेको छ,’उनीहरू भव्‍य पञ्जावी परम्परा अनुसार विवाह गर्न चाहन्थे। तर, कोरोना भाइरस महामारीका कारण योजनाहरू स्थगित भए। अब भने सीमित आफन्त र साथीभाइहरूको उपस्थितिमा सम्पन्न हुने भएको छ।’

विवाहको कार्ड बाढिसकेको र दुवै पक्षले धुमधाम तयारी गरिरहेको जनाइएको छ।