
धनगढी, ब्लड क्यान्सरबाट पीडित कञ्चनपुरकी एक बालिकाको उपचारका लागि सहयोग गरिदिन उनका बुवाले आग्रह गरेका छन् ।
पुर्नवास नगरपालिका वडा –८ को सुकुम्बासी टोलका बिक्रम बोगटीकी पाँच वर्षीया छोरी झरनालाई ब्लड क्यान्सर भएपछि हाल काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
तर रकम अभावमा उपचार गर्न कठिन भएको भन्दै बुवा बिक्रमले सहयोगका लागि आग्रह गरेका हुन्। बिक्रमका अनुसार झरनालाई चिकित्सकहरुले पाँच वर्षसम्म नियमित औषधि सेवन गराउनुपर्ने र त्यसका लागि झण्डै ६ लाख रुपैयाँ खर्च लाग्ने जानकारी गराएका छन् ।
भारतमा मजदुरी गर्ने आफूसँग त्यति रकम नभएको भन्दै बोगटीले सहयोगका लागि आग्रह गरेका हुन् । उनले छोरीको उपचारमा सहयोग गर्न चाहने महानुभावलाई ९८०४६०६०६१ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।