१४ बैशाख २०८१, शुक्रबार

खार्पु दोभानमा माघी धुमधाम

kharpu

विभिन्न मन्दिर र देवालयमा माघी पर्व धुमधामका साथ मनाइएको छ । विशेष गरी खार्पुनाथ–४ स्थित खार्पु दोभान तीर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थितिसहित बुधबार माघी रमझम गरी मनाइएको हो ।

रातभरि खार्पुनाथ मन्दिरमा जाग्राम बसी माघी मनाइएको छ । खार्पु दोभानमा माघीमा दर्शन गर्दा आफूले चिताएको पूरा हुने धार्मिक विश्वास छ । सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट तीर्थालु भक्तजन खार्पुनाथ मन्दिर दर्शन गर्न जान्छन् ।

रातभर आगो बालेर खार्पुनाथ मन्दिर परिसरमा देउडा नृत्यसहित युवाले रमाइलो गरी चाड मनाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...