१४ बैशाख २०८१, शुक्रबार

वामदेव गाैतमलाई उपाध्यक्ष बनाउने नेकपाको स्थायी कमिटीबाट प्रस्ताव अनुमोदन

NEkapa zANfTDcsba

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ। आइताबारबाट सुरु भएको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव शनिबारको बैठकले पारित गरेको भए पनि भोलि मात्रै घोषणा गरिने भएको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई रिझाउनकै लागि पार्टी विधान संशोधन गरेर उपाध्यक्ष बनाउने निर्णय गरेका हुन्।

पार्टी एकतापछि गौतमले पार्टीभित्र उपयुक्त स्थान खोजिरहेका थिए। तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीसँग गौतमको पछिल्लो सम्बन्ध चिसिएको थियो।