६ बैशाख २०८१, बिहीबार

‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’ : पूर्वमन्त्री भण्डारी

nepali congress

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ ।

तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गर्नुभयो ।

भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो ।