७ बैशाख २०८१, शुक्रबार

मोदीले समय नदिएपछि माधव नेपालको भ्रमण रोकियो

madhav kumar nepal

नेपाली भूमी समेत समेटेर भारतले हालै जारी गरेको नक्साका बारेमा भारतसंग औपचारीक कुराकानी गर्न नेपालका तर्फवाट विशेष दुत बनेर भारत जान लागेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण तत्कालका लागि रोकिएको छ । उनी नेपालका तर्फवाट विशेष दुत बनेर भारत जान लागेका थिए ।

भारत गएर उनले प्रत्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुराकानी गर्ने कार्यक्रम थियो । तर भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो ।

‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले समय दिएको छैन ।’ नेकपा सचिवालय बैठकले यस विषयलाई गम्भिर रुपमा लिएर वरिष्ठ नेता माधव नेपाललाई विशेष दुतका रुपमा पठाउने निर्णय गरेको थियो ।

मंसिर ४ गतेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए। यो विषयमा भारतीय पक्षले समय नदिएपछि बुधबारको सचिवालय बैठकमा माधव नेपालले ब्रिफिङ गरेका हुन् । नेकपा सचिवालय बैठकमा समय मिलाउने प्रयास भइरहेकको नेता नेपालले बताएका छन् ।