१३ बैशाख २०८१, बिहीबार

नवीन पुरीको निर्देशनमा ‘पहिलो भेटमै’ (भिडियो सहित)

safe image

नेपाली फिल्म उद्योगमा विगत २०५६ सालदेखि प्रोडक्शन म्यानेजरको काम गर्दै आएका नवीन पुरीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Nabin Puri

पर्यटकीय नगरी मुस्ताङमा छायाङ्कन गरिएको ‘पहिलो भेटमै’ गीतको भिडियो सार्वजनिक भएको हो ।

योगेन डोलीको शब्दमा ‘पहिलो भेटमै’लाई मिलन सुर्खेतीले स्वरबद्ध गरेका छन् । गीतलाई गायक सुर्खेती आफैले संगीतबद्ध गरेका हुन् । त्यस्तै गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् भने संजय लामाले छायांकन गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् । यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोलाई बनिष शाहले सम्पादन गरेका हुन् । भिडियोलाई राजेश मास्केले निर्माण गरेका हुन् ।

    सम्बन्धित समाचार...