१३ बैशाख २०८१, बिहीबार

“गोल्डेन की” जितेका कमेडी च्याम्पियन प्रतियोगीले चोरे युट्युबरको कन्टेन्ट (भिडियो सहित)

tapeswor comedy champion

गत बर्ष सफलतापुर्वक सम्पन्न भएर चर्चामा आएको रियालिटी शो कमेडी च्याम्यियनको दोस्रो सिजन सुरु भएसंगै यतिबेला चर्चा कमाएको छ । यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका ६ हजार बढीबाट १८० छनोट गरी फिजिकल अडिसनमा २४ प्रतष्पर्धि छनोट भएका छन ।

छनोट भएका प्रतिस्पर्धी तापेश्वर सिंहले एक युट्युबरको कन्टेन्टलाई जस्ताको तस्तै कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुत गरेका थिए ।

आयोजकले पौष १, २, ३ र ४ गत्ते फिजिकल अडिसन गरी २४ प्रतिष्पर्धि छानेट गरेका थिए । त्यसमध्ये तापेश्वर ३ गते छनोट भएका थिए । रमाइलो कुरा त के छ भने, उनले निर्णयकबाट सिधै गोल्डेन की’ पनि जितेका थिए ।

सिरहाका तापेश्वर सिंहले कन्टेन्ट चोरी गरी प्रस्तुति दिएको खुलेपछि कमेडी च्याम्पियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनले अडिसनको कन्टेन्ट एक युट्युबरको कमेडी कन्टेन्टसँग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ,’ यस बिषयलाइ लिएर आयोजकबीच छलफल जारी छ र शीघ्र कदम चालिने बताएका छन् ।

कमेडी च्याम्पियन टिमले भने ती प्रतिस्पर्धीको नाम नखुलाएता पनि २४ प्रतियोगिको कमेडि क्लिपहरु सार्वजनिक गरिरहदाँ चोरिएको पत्ता लागेको हो । त्यस्तै अर्का कमेडीयन स्ट्यान्डअप कमेडीयन ‘युकेजी’ को कन्टेन्ट र उनले विभिन्न प्रस्तुतिमा बोलेको ‘ओएमजी आई एम सक्ड’ थेगोलाई कमेडी च्याम्पियनका एक प्रतिस्पर्धीले प्रयोग गरेकोप्रति आशंका गरेका छन् ।

कमेडीयन उमेश युकेजीले व्यक्तिले रियालिटी शोमा आफ्नो प्रस्तुति दिनुपर्नेमा अरुको चोरी गर्दा दुःखी लागेको प्रतिक्रिया दिएका छन् ।

यसअघि नेप–जिएसएमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भएका स्ट्यान्डअप कमेडीमा उमेशले ‘ओएमजी आई एम सक्ड’ भन्दै आएका थिए ।

कमेडी च्याम्पियनको पहिलो सिजनले गतवर्ष राम्रो चर्चा कमाएपनि यसपटक भने चोरीको कन्टेन्ट प्रस्तुत भएका प्रतिस्पर्धी छानिएपछि शुरु नहुँदै विवादमा तानिएको छ ।