४ बैशाख २०८१, मंगलवार

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने ः प्रकाशमान सिंह

prakashman singh scaled

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद् विघटन गर्नुभन्दा विश्वासको मत लिएर अगाडि बढेको भए राम्रो हुने बताउनुभएको छ ।

संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरेको विरोधसभाअन्तर्गत काठमाडौँ क्षेत्र नं १ प्रदेश (क) को सभालाई सम्बोधन गर्दै उहाँले दुई तिहाई बहुमत नजिक रहेको सरकारले संसद् विघटन नगरी विश्वासको मत लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

“वर्तमान सरकारले पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसक्दा संसद् विघटन गरेको छ”, उहाँले भन्नुभयो । सरकारले चालेको यस्तो कदम सच्चाउनुपर्ने उहाँको भनाइ छ । नेता सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले सरकारले गरेको संसद् विघटनको विषय सर्वोच्च अदालतसम्म पुगेकाले अदालतले संविधानको भावना र मर्मअनुसार निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।