१४ बैशाख २०८१, शुक्रबार

गढीमाई मेलामा बलि दिन सुरु, ११ हजार राँगाको बलि हुने !

Gadhimai festival

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा आज (मंगलबार)बाट बलि सुरु भएको छ ।

आज बिहान पञ्चबलीको रुपमा मुसा, बोका, पाठी, परेवा र हाँसलाई बलि दिइएको छ । यो सँगै आज राँगाको बलि दिइँदै छ भने भोली बोका, पाठा, पाठी, हाँस, परेवा र कुकुराको बलि दिने गढीमाई बलि व्यवस्थापन समितिले जनाएको छ ।

नरोकिने भयो हजारौ राँगा र खसीको बलि, गढीमाई मेला मंसिरबाट सुरु

bali2

गएराति १२ बजेदेखि तान्त्रिक विधिबाट गढीमाई मन्दिरको पुजारीहरुले पूजा सुरु गरेका थिए । पूजापाठ गर्दागर्दै आफैं बत्ती बलेपछि पूजा सफल भएको मन्दिरको पुजारी शिव चौधरीले बताए ।

पूजापाठ गर्दा बत्ति बलेपछि पहिले पाँच बर्ष भन्दा बढी उमेर भएको बोका र जंगलबाट ल्याइएको सेतो मुसा, बच्चा अवस्थामा भएको हाँसको अण्डा, बाख्रा र परेवालाई ब्रह्म स्थानमा नै पञ्चवली दिइएको थियो ।

पञ्चवली दिएपछि बलिको लागि ल्याइएको राँगाहरु मध्ये एउटा राँगाको बलि आफैंले दिएर पूजापाठ गरेपछि गढीमाईलाई राँगा बलि दिने कार्य शुरु भएको पूजारी चौधरीले जानकारी दिए ।

बलि गरिएका रांगाका मासुहरु बारा, पर्सा, रौतहटका बिभिन्न समुदायहरुले प्रसादीको रुपमा घर लैजाने प्रचलन रही आएको छ ।

bali1

मूल समारोह समितिका महासचिव मोतीलाल कुशुवाका अनुसार भक्तजनले भाकल गरेकामध्ये करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता भएको छ ।

 

 

 

 

नरोकिने भयो हजारौ राँगा र खसीको बलि, गढीमाई मेला मंसिरबाट सुरु

 

    सम्बन्धित समाचार...