२८ बैशाख २०८१, शुक्रबार

धरानमा नेकपा एक मतले विजयी

NCP

धरान उपमहानगर–७ मा नेकपा १ मतले विजयी भएको छ । नेकपाका उमेदवार जीवनराज सुवेदी ६२२ मत ल्याएर विजयी भए । उनका प्रत्यासी कांग्रेसका सुवर्णमोहन पालिखेले ६२१ मत ल्याए ।

धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर बिजय जुलुस पनि हुँदै थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नुपर्‍यो ।

गणना अन्तिमतिर पुग्दा नेपाली कांग्रेसले विजयी र्‍यालीको तयारीसमेत गरेको थियो । विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । यसअघि बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए ।

लगाइसकेको माला फुकाल्दा उनी हतप्रभ देखिन्थे । कांग्रेसले परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेको छ ।