१६ चैत्र २०८०, शुक्रबार

तोडियो कम्युनिस्टहरुको लालकिल्ला, २०४८ सालयता धरानमा काँग्रेसको पहिलो जित

1575262392Tilak Rai

कम्युनिस्टहरुको लालकिल्ला धरान यसपटक धर्मराएको छ । २०४६ साल यताका हरेक निर्वाचनमा जीत हासिल गर्दै आएका कम्युनिस्टहरु पहिलो पटक धरानमा कमजोर भएका छन् । धरानमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेका हुन् । धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासिक जीत हासिल गरेको  हो ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राईले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई उछिन्दै आफ्नो जितलाई सुनिश्चित गरेका हुन् ।

तिलक राईले २६ हजार ७ सय ९ मत हासिल गरेका छन्। त्यसैगरि उनका निकटम प्रतिस्पर्धी प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका छन्।

यस अघिको चुनावमा नेकपाका उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले जित हासिल गरेसँगै नेपाली काँग्रेसले अर्को इतिहास रच्न सफल भएको हो । २०४८ सालयता त्यहाँ कांग्रेसले चुनाव जित्न सकेको छैन ।

यसअघिको चुनावमा नेकपा उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले चुनाव जित्नुलाई चासोका साथ हेरिएको छ । धरान उपमहानगरपालिकाको अघिल्लो पटक नेकपाले जित हासिल गरे पनि पछिल्लो समयमा नेकपाबाट आएको नैराश्यताका काँग्रेस उम्मेदवारको जित हुन पुगेको अनुमान गर्न सकिन्छ ।

धरान उपमहानगर प्रमुखमा तिलक राई

तिव्र प्रतिष्पर्धाका बीचमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेका हुन् । अन्तिम समयमा आफ्नो मतान्तरण बढाउदै उनले आफ्नो जितलाई सुनिश्चित गर्न सफल भएको हो । जित हासिलसँगै नेपाली काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् ।