१३ बैशाख २०८१, बिहीबार

विद्यालयलाई युरोगार्ड प्रदान

School

विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा–४ स्थित नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका–७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ ।

नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षलाई युरोगार्ड प्रदान गर्नुभएको हो । अधिकृत भण्डारीले विद्यालयमा स्वच्छ खानेपानी पिउन सहज होस् भन्ने उद्देश्यले युरोगार्डसहित थप स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

धम्पुस स्वास्थ्यचौकीलाई पनि दैनिक प्रयोगमा आउने औषधि उपलब्ध गराएको उहाँको भनाइ थियो । वडाध्यक्ष समबहादुर गुरुङले नेलम्बो नेपालका कार्यक्रम अन्य गैह्रसरकारी संस्थाको भन्दा भिन्न प्रकृतिको र पारदर्शी हुने जनाउनुभयो । उहाँले भन्नुभयो, “तुलनात्मक रुपमा नेलम्बोले पारदर्शी रुपमा कार्य गर्ने गरेको छ ।

नेलम्बोसँग सहकार्य गर्दै वडामा थप कार्यक्रम गर्न हामी इच्छुक छौँ ।” विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीले नेलम्बोले विद्यालयका हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको र कोभिड–१९ को महामारीमा विद्यालय सञ्चालनमा उपलब्ध स्वास्थ्य सुरक्षाका सामग्री महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षत्रीले अहिलेको अवस्थामा विद्यार्थीको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।