१३ बैशाख २०८१, बिहीबार

प्रदेश नं १ मा ३० हजार सङ्क्रमित, २९ हजार निको

corona test

प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार नाघेको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको १६ जना सङ्क्रमित थपसँगै अहिलेसम्म जम्मा सङ्ख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा आठ हजार ९४७, झापामा चार हजार ६४६, उदयपुरमा ४९४, इलाममा ४७२, सङ्खुवासभामा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गामा ४७, सोलुखुम्वुमा ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रवीन्द्र निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश बाहिरका एक हजार १७ जनामा कोरोना सङ्क्रमण भएका छन् । प्रदेशमा आज ८१ जना सङ्क्रमित निको भएसँगै २८ हजार ७३७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा मोरङमा १२ हजार ६८४, सुनसरीमा आठ हजार ६५९, झापामा चार हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, सङ्खुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ तेह्रथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५ जना रहेका मन्त्रालयले जनाएको छ । प्रदेश बाहिरका ९३७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार अहिले होम आइसोलेशनमा ६५८ सङ्क्रमित रहेका छन् । प्रदेशमा अहिलेसम्म दुई लाख नौ हजार ९४९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।