१५ चैत्र २०८०, बिहीबार

आइओएफटिसी पुम्सेमा नेपाल उपविजेता

121171352 359474101777462 4222047328929130412 n 640x480 1

दोस्रो आइओएफटिसी पुम्सु भर्चुअल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कास्य पदक प्राप्त गर्दै उपविजेता भएको हो ।

नेपालका लागि कृपा गुरुङ, सोफिया तामाङ, विनिता प्रधान, सुष्मा राई, मुना तामाङ, प्रतीक्षा राणा, एरिक राणा, विकास शाह, रोधन राई, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजारा, सगुन राई, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, जीतबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण पदक जित्नुभयो ।

आइओएफटीसी हेल्पडेस्क नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारका अनुसार प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कास्य पदकका साथ च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टोलीको उपाधि जित्यो भने ब्ल्याकवेल्ट पुरुषतर्फ नेपालका जितबहादुर बोट उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

उहाँले १५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो । सो प्रतियोगितामा २० देशका २७० खेलाडीको सहभागिता रहेको ब्यञ्जनकारले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...